७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राचीन सम्पदाहरूको संरक्षण अत्यावश्यक : नारायणमान बिजुक्छे

अ+ अ-

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले मानव सभ्यताको विकास र महत्त्वबारे बुझ्न प्राचीन सम्पदाहरूको संरक्षण अत्यावश्यक रहेको बताएका छन् । आज भक्तपुर नगरपालिका-१ दूधपाटीस्थित भाजुपोखरीको पुनः निर्माणको स्थलगत निरीक्षण गर्दै उनले इतिहासका सबै कुरालाई लिपिबद्ध गर्दै लगियो भने मानव सभ्यताको विकास बुझ्न सहज हुने बताए ।

उनले भने, “हाम्रो देशको इतिहास अरूले नभई हामी आफैले लेखेको हुनुपर्छ । इतिहास र भूगोलबिनाको शिक्षा अपूर्ण र अधुरो हुने भएकाले विद्यालय र कलेजमा देश-विदेशका इतिहास एवं भूगोलबारे अनिवार्य रूपमा पठनपाठन गराउनुपर्छ ।”

अध्यक्ष बिजुक्छेले विसं २०२०-२१ देखि नै भाजुपोखरी पुनः निर्माणको चरणबद्ध रूपमा उत्खनन कार्य भइरहेको बताउँदै उक्त पोखरी पनि विश्व सम्पदाकै अभिन्न अङ्ग भएकाले सांस्कृतिक एवं ऐतिहासिक महत्त्वका सम्पदाहरू समय धेरै लागे पनि मौलिक शैलीमै सम्पदा पुनः निर्माण र जीर्णोद्धार गर्नुपर्नेमा जोड दिए ।

त्यस अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भाजु पोखरीको मध्यभागमा अवस्थित जलेश्वर मन्दिर पुनः निर्माणको कार्य सम्पन्न भएसँगै पोखरी पुनः निर्माणको कार्य अन्तिम चरणमा पुगिसकेको बताए । पोखरीमा पानी भर्ने कार्यसँगै छिट्टै सर्वसाधारणका लागि पोखरी खुला हुने उनले बताए ।

पुरातत्त्वविद् पुरुषोत्तमलोचन श्रेष्ठले भाजु पोखरी नेपालकै प्राचीन सम्पदाको रूपमा रहेको उल्लेख गर्दै काठमाडौँको रानीपोखरीभन्दा करिब पाँच सय वर्ष पुरानो देखि नै यो पोखरी इतिहासमा उल्लेख रहेको बताए । 

प्रतिक्रिया दिनुहोस