२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आठ दलीय गठबन्धनले देशलाई निकास दिन्छ : मोहन बस्नेत 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद मोहनबहादुर बस्नेतले पुस १० गतेको राजनीतिक कोर्ष करेक्सन भइसकेकाले अब नयाँ समझदारीका साथ दलहरू अघि बढ्ने बताएका छन् ।

सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा पूर्वमन्त्री बस्नेतले काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीसहितको गठबन्धनबिचको राजनीतिक समझदारीले देशलाई निकास दिने दाबी गरे ।

राष्ट्रिय राजनीतिमा नयाँ परिस्थिति सिर्जना भएको उल्लेख गर्दै उनले सम्हालिएर अघि बढ्नका लागि उत्साह र राजनीतिक निकासका लागि उच्च सुझबुझ राख्नुपर्ने बेला आएको बताए ।

‘काँग्रेस पार्टी र सभापति शेरबहादुर देउवाजीले दूरदर्शिता राख्नुभयो  । हामीले राजनीतिक निकासका लागि दिशानिर्देश गर्ने, संवाद गर्ने र देशको अहिलेको आवश्यकतालाई बोध गरेर रूपान्तरणको बाटोमा अघि बढ्न प्रेरित गरेपछि अब देशले निकास पाउने आशा जागेको हो,’ उनले भने ।

पूर्वमन्त्री बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को सम्बोधनका क्रममा पहिलेका त्रुटि सच्याएर जाने, संविधानको अक्षरसः पालना गर्ने र सबैलाई मिलाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेपछि काँग्रेसले सहकार्यको प्रस्ताव अघि बढाएको बताए ।