२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालका प्रथम सेनापति बस्न्यातको सालिक अनावरण

अ+ अ-

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिकाको जहरसिंह पौवामा नेपाली सेनाका प्रथम प्रधान सेनापति शिवरामसिंह बस्न्यातको सालिक अनावरण गरिएको छ । 

शुक्रबार एक समारोहका बीच प्रधानसेनापति प्रभुराम शर्माले सालिक अनावरण गरेका हुन् ।  जहरसिंह पौवाबाट उत्तरतर्फ सिन्धुपाल्चोक जाने बाटो छेउमा बस्न्यातको स्मृति स्थल स्वरूप पूर्णकदको सालिक अनावरण गरिएको हो । 

नेपाल एकीकरणको क्रममा भएको युद्धका क्रममा वि.सं. १८०३ फागुन ५ गते सोमबार शिवराम सिंह बस्न्यातको जहरसिंह पौवा साङ्गाचोक छेउमा वीरगति प्राप्त गरेका थिए । सालिक अनावरणका अवसरमा इतिहासकार दिनेश राज पन्त, पूर्व राजदूत डा. निरञ्जनमान सिंह बस्न्यात, पूर्व सहायक रथी डा. प्रेमसिंह बस्न्यात लगायतले प्रथम सेनापति बस्न्यातले नेपाल एकीकरणका सन्दर्भमा खेलेको भूमिकाबारे प्रकाश पारेका थिए । 

सो स्थानमा २०७८ श्रावण २१ गते पूर्व प्रधान सेनापति पूर्णचन्द्र थापाले बस्न्यातको प्रतिमा निर्माणस्थलको शिलान्यास गरेका थिए । नेपाली सेना, शंखरापुर नगरपालिका र श्रीपाली बस्न्यात समाजले संयुक्त रूपमा सेनापति बस्न्यातको पूर्ण कदको सालिक निर्माण गरेको हो । सो स्थानमा आगामी दिनमा पार्क र उनको स्मरण झल्किने संग्राहालय बनाउने योजना रहेको छ ।