२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीको न्यूनतम तलब ३४ हजार पुर्‍याउन उच्चस्तरीय आयोगद्वारा सिफारिस

अ+ अ-

काठमाडौँ । सरकारी कर्मचारीको न्यूनतम तलब ३४ हजार रुपैयाँ पुर्‍याउन उच्चस्तरीय तलब सुविधा आयोगले सिफारिस गरेको छ।

सरकारले गत जेठमा सार्वजनिक गरेको तलब वृद्धि मर्यादाक्रम अनुसार नभएको भन्दै भएको कर्मचारीले गरेको आन्दोलनलाई सम्बोधन गर्न पूर्व मुख्यसचिव लीलामणि पौडेलको संयोजकत्वमा गठित आयोगले यस्तो सिफारिस गरेको हो।

आयोगले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर प्रतिवेदन बुझाएको छ।

सम्बन्धित समाचार-कर्मचारीको तलब र सेवा सुविधामा पुनर्विचार गर्न आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

तलबका सम्बन्धमा मुख्यगरी मर्यादाक्रम अनुसारको तलब, तलब बढाउने मापदण्ड, खर्च घटाउने सुझाव र आम्दानी वृद्धिका उपाय गरी ४ वटा विषयलाई प्रतिवेदनमा समेटिएको छ ।

आयोगका सदस्य तथा पूर्वसचिव विमल वाग्लेले मर्यादाक्रम नमिलेका पदमा तलब मिलान गरेर मात्र वृद्धि गर्न सुझाव दिइएको बताए। मुख्य समस्या परेको १९ वटा पदको मर्यादाक्रम मिलाएर प्रतिवेदन दिइएको र त्यसै आधारमा मर्यादाक्रम मिलाएर तलबको व्यवस्था गर्न सुझाव दिइएको उनको भनाइ छ।

मर्यादाक्रममा तल परेको तर तलब धेरै भएका पदमा माथिल्लो मर्यादाको तलब वृद्धि गरेर मिलान गर्न सुझाव दिएको छ।

तलब दिने निकायको क्षमता अभिवृद्धि गरी निजामती सेवाको तल्लो तहको न्यूनतम तलब मासिक ३४ हजार रुपैयाँ पुग्ने गरी तलब वृद्धि गर्न आयोगको सुझाव छ।

आयोगले अहिले नै न्यूनतम तलब ३४ हजार आवश्यक पर्ने सुझाव दिएको छ। उसले नेपाल राष्ट्र बैंकले गरेको पारिवारिक बजेट सर्वेक्षण प्रतिवेदनलाई आधार मानेर ३४ हजार तोकेको जनाएको छ।