२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैंकविरुद्ध व्यवसायीको हेटौँडामा प्रदर्शन

अ+ अ-

काठमाडौँ । बागमती प्रदेशको राजधानी हेटौँडामा व्यवसायीले बैंक तथा वित्तीय संस्थाहरूले चर्को ब्याज लिएको भन्दै त्यसको विरोधमा आइतबार प्रदर्शन गरेका छन् । मकवानपुर उद्योग वाणिज्य सङ्घको अगुवाइमा सुरु गरिएको विरोध प्रदर्शनमा सातदिने विरोधका कार्यक्रमसमेत तय गरेका छन् ।

उनीहरूले विरोधस्वरूप पहिलो दिन आइतबार विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा पुगेर ज्ञापनपत्रसमेत बुझाएका छन् । विरोध प्रदर्शन तथा ज्ञापनपत्र बुझाउने कार्यक्रममा जिल्लामा रहेका विभिन्न सङ्घ-संस्थामा आबद्ध व्यक्ति तथा सर्वसाधारणको समेत उपस्थिति रहेको थियो ।

उनीहरूले बैंकहरूको ब्याजका कारण सम्पूर्ण उद्योगी-व्यवसायी आर्थिक एवं मानसिक रूपमा पीडित हुनुपरेको जनाएका छन् । बैंकको ब्याजविरुद्ध सुरु भएको प्रदर्शनअन्तर्गत फागुन २४ गते दिउँसो हेटौँडा बजारको बुद्धचोकमा उपस्थित भएर शान्तिपूर्ण धर्ना दिने कार्यक्रम रहेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण अग्रवालले जानकारी दिए ।

यस्तै, अध्यक्ष अग्रवालले विरोध कार्यक्रमअन्तर्गत फागुन २५ र २६ मा बैङ्कहरूमा दुई घण्टा शान्तिपूर्ण धर्ना दिने, फागुन २८ गते बैङ्कहरूमा व्यवसायीहरूले नगद डिपोजिट नगर्ने, फागुन ३० गते शान्तिपूर्ण रूपमा बैंक बन्द गराउने र अन्तिम दिन फागुन २९ गते सम्पूर्ण बैंकिङ कारोबार बन्द गराउने बताए ।