२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइपीओ निष्कासन गर्दै माई खोला हाइड्रोपावर

अ+ अ-

काठमाडौँ । माई खोला हाइड्रोपावरले भोलि (विहिबार)देखी साधारण सेयर (आइपीओ)निष्कासन गर्ने भएको छ ।

कम्पनीले भोलि फागुन २५ गते आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गर्ने भएको हो।

कम्पनीले इलाम जिल्लाका स्थानीयलाई जारी पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको १०५ अर्थात् ३ करोड ९२ लाख १५ हजार ७०० रुपैयाँ बराबरको ३ लाख ९२ हजार १५७ कित्ता सेयर बिक्री खुला गर्न लागेको छ।

यस्तै, कम्पनीले सर्वसाधारणमा निष्कासन हुने सेयरमध्ये १०५ अर्थात् १ लाख ५२ हजार ९४१ कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। यसमा चैत ९ गतेसम्म आवेदन दिन सकिनेछ।

यद्यपि, स्थानीयले भने उक्त अवधिसम्ममा पूर्ण आवेदन नपरेमा चैत २४ गतेसम्म सेयर भर्न पाउनेछन्। तर वैदेशिक रोजगारीमा रहेका नेपालीले भने चैत ९ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ।

यस आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउने ‘एनपी डबल बी प्लस रेटिङ’ प्रदान गरेको छ।

यस आइपीओमा स्थानीयले प्रभु बैङ्क, सेन्चुरी बैङ्क तथा प्राइम कमर्सिल बैङ्कको इलाम शाखाबाट आवेदन दिन सक्नेछन्। यस्तै, बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी काठमाडौँ र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने सी-आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।