७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पीएनजीसँग हारेसँगै यूएईको लिग-२ को शीर्ष तीनमा रहने सम्भावना सकियो  

अ+ अ-

काठमाडौँ । युनाइटेड अरब इमिरेट्स (यूएई) को आईसीसी क्रिकेट विश्वकप लिग-२ को शीर्ष तीनमा अटाउने सम्भावना समाप्त भएको छ । लिग-२ को अन्तिम त्रिदेशीय शृंखलामा शुक्रबार पपुवा न्युगिनी (पीएनजी) सँग ५६ रनको हार ब्येहोरेसँगै यूएईको अंकतालिकाको शीर्ष तीनमा रहने झिनो सम्भावना पनि समाप्त भएको हो । शीर्ष तीनमा रहने झिनो सम्भावना कायम राख्न यूएईलाई आजको खेलमा जित्नैपर्ने दबाब थियो ।

हारसँगै ३३ खेलबाट ३१ अंक जोडेको यूएई तालिकाको छैठौं स्थानमा छ । जुन तेस्रो स्थानको नामिबियाभन्दा आठ अंक पछि हो । तेस्रो स्थानको नामिबियाले ३६ खेलबाट ३९ अंक जोडेको छ । यूएईले अब शृंखलाका बाँकी तीनवटै खेलमा जित निकाले पनि ६ अंकमात्र जोड्न सक्छ । 

यता, पीएनजीको भने शीर्ष पाँचमा अटाउने सम्भावनासमेत समाप्त भइसकेको छ । जितसँगै ३४ खेलबाट ११ अंक जोडे पनि पीएनजी तालिकाको पुछारमा छ । यस्तै, ३३ खेलबाट ३४ अंक जोडेको नेपाल तालिकाको पाँचौ स्थानमा छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीले प्रस्तुत गरेको २४७ रनको लक्ष्य पछ्याएको यूएईले ४२.२ ओभरमा सबै विकेट गुमाएर १९० रनमात्र बनाउन सक्यो । त्यसअघि शीर्ष तीन ब्याटरले अर्धशतक बनाउदा टस हारेपछि ब्याटिङमा आएको पीएनजीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २४६ रनको योगफल खडा गरेको थियो ।

पीएनजीका सेसे बाउले १०६ बलमा १० चौकासहित ८१ रन बनाए । बाउले दोस्रो विकेटका लागि हिरी हिरीसँग ११२ रनको साझेदारी गरेका थिए । हिरी हिरीले ८५ बलमा पाँच चौका र चार छक्कासहित ७७ रन बनाए । 

हिरीले पहिलो विकेटका लागि अर्का ओपनर किप्लिन डोरिगाले ७२ रनको साझेदारी गर्दै पीएनजीलाई बलियो सुरुआत दिलाएका थिए । डोरिगाले ४४ बलमा आठ चौका र दुई छक्कासहित ५५ रन बनाए । तर, मध्यक्रम ब्याटरबाट आशाअनुरुपको प्रदर्शन हुन नसकेपछि पीएनजी ठूलो योगफलसम्म पुग्न भने सकेन ।

पीएनजीका चाड सोपर र नोर्मन भानुअले समान १० रन बनाए । कप्तान असद भाला ‘गोल्डेन डक’ भएका थिए । 

यूएईका आयान अफ्जल खानले तीन विकेट लिए । १० ओभर बलिङ गरेका अफजलले तीन मेडन फ्याक्दै ३४ रनमात्र खर्चिए । जुनैद सिद्दिकीले र जहुर खानले समान दुई विकेट लिए । रोहन मुस्तफा र कार्थिक मयप्पनले एक-एक विकेट लिए । 

२४७ रनको लक्ष्य पछ्याएको यूएईका आर्यन लक्राले ५१ रन बनाए । ओपनर तथा कप्तान मुहम्मद वसिमले ४१, सिपी रिजवानले १९ र रोहन मुस्तफाले ११ रन बनाए । ब्याटिङमा यसबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

पीएनजीका रिले हेकुरेले तीन विकेट लिए । असद भाला र काबुअ मोरेअले समान दुई विकेट लिँदा नोर्मन भानुअ र सेमो कामेअले एक-एक विकेट लिए ।

नेपाल, यूएई र पीएनजी सम्मिलित यो शृंखला लिग-२ को अन्तिम शृंखला हो । शृंखलाको पहिलो खेलमा पीएनजी नेपालसँग ५२ रनले पराजित भएको थियो । यूएईको भने यो शृंखलाको पहिलो खेल हो । 

लिग-२ बाट शीर्ष तीन टिमले जिम्बाब्वेमा १८ जुनदेखि ९ जुलाइसम्म हुने एकदिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगितामा स्थान बनाउनेछन् । बाँकी चार टिमले नामिबियामा २४ मार्चदेखि ४ अप्रिलसम्म हुने आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफ खेल्नेछन् । 

प्लेअफमा च्यालेन्ज लिगबाट शीर्ष दुई टिम र लिग-२ को पुछारमा रहेका चार टिमले प्रतिस्पर्धा गर्नेछन् ।

नामिबियामा हुने विश्वकप क्वालिफायर प्लेअफका शीर्ष दुई टिमले पनि जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगितामा स्थान बनाउनेछन् । 

जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगितामा क्वालिफायर प्लेअफका शीर्ष दुई टिम, क्रिकेट विश्वकप लिग-२ बाट शीर्ष तीन टिम र आईसीसीको पूर्ण सदस्य राष्ट्रहरूको सुपर लिगबाट पुछारमा रहेका पाँच टिमले प्रतिस्पर्धा गर्नेछन् ।

सुपर लिगको शीर्ष सात टिमले सिधै आईसीसी एकदिवसीय विश्वकपमा स्थान बनाउनेछन् । आयोजक राष्ट्रका रुपमा भारतले पनि सिधै विश्वकपमा स्थान बनाउनेछ ।

प्रतिक्रिया दिनुहोस