काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी चैत १० गते ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्ने तयारी गरेको छ । वैदेशिक रोजगार बचतपत्र २०८४ ‘क’ नामक यस बचतपत्रमा लगानीकर्ताले ५ वर्षसम्मका लागि लगानी गर्न सक्ने जनाइएको छ ।
बैंकले बचतपत्रमा अधिकतम १२.५० प्रतिशत ब्याजदर प्रदान गर्ने छ भने इच्छुक वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैर-आवासीय नेपालीहरूले समेत यस बचत पत्रमा लगानी गर्न सक्नेछन् ।
बचतपत्रका लागि न्यूनतम १० हजार रुपैयाँदेखि अधिकतम १० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कसम्मका लागि आवेदन दिन सकिने केन्द्रीय बैंकले जनाएको छ । तर यो बचतपत्रमा मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्यको नाममा खरिद गर्न सक्नेछन् ।