काठमाडौँ । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा आफ्नो तेस्रो खेलमा नेपालले आज पपुवा न्युगिनी (पिएनजी) सँग खेल्दै छ।
पछिल्लो समय उत्कृष्ट लयमा रहेको नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले फिल्डिङ गरिरहेको छ।
नेपालले सातौँ ओभरको पाँचौँ बलमा दोस्रो सफलता हात पारेको छ। नेपालका लागि सोमपाल कामीले दोस्रो सफलता दिलाए।
उनले १४ रन बनाएर खेलिरहेका पिएनजीका हिरि हिरीलाई करन केसीको हातबाट क्याचआउट गराए।
त्यसअघि चौथो ओभरको तेस्रो बलमा ललितनारायण राजवंशीले पिएनजीका अर्का ओपनर किप्लिन डोरिगालाई बोल्ड आउट गरेका थिए। १६ बल खेलेका उनले २ रन जोडेका थिए।
यो सँगै सात ओभरको समाप्तीमा पिएनजीले २ विकेट गुमाएर १७ रन बनाएको छ।
आजको खेलमा नेपाली टिममा एक परिवर्तन गरिएको छ। आइतबार टिममा रहेका गुल्सन झाको स्थानमा करण केसी टिममा फर्किएका छन्।
नेपाली टिम: रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सोमपाल कामी, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, करण केसी र सन्दीप लामिछाने।
नेपाल, युएई र पिएनजीबीचको यो सिरिज आइसिसी विश्वकप लिग-२ को अन्तिम सिरिज हो।