२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तनहुँ १ उपनिर्वाचन : काँग्रेसबाट तीन नेताको दाबी

अ+ अ-

काठमाडौं । रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि रिक्त बनेको तनहुँ क्षेत्र नम्बर १ को उपचुनावको मिति घोषणा नभए पनि नेपाली काँग्रेसबाट तीन जनाले आफ्नो उम्मेदवारी दाबी पेस गरेका छन् ।

रामचन्द्र राष्ट्रपति उम्मेदवार बनेलगत्तै केन्द्रीय सदस्य तथा नेविसंघका पूर्व अध्यक्ष गोविन्द भट्टराईले सभापति शेरबहादुर देउवालाई भेटेर आफूमाथि न्याय हुनुपर्ने बताएका थिए । उनले आफूलाई सभापतिले उपचुनावको तयारीमा लाग्न भनिसकेको बताएका छन् ।

गत निर्वाचनमा टिकट नपाएपछि उनले बागी उम्मेदवारीको घोषणा समेत गरेका थिए । तर शीर्ष नेताहरुले पार्टीको कोषाध्यक्ष र राष्ट्रियसभामा ल्याउने आश्वासन दिएपछि उनी रोकिएका थिए ।

सोही क्षेत्रबाट काँग्रेसका पुराना नेता रामचन्द्र पोखरेलले पनि उम्मेदवार बन्नका लागि सार्वजनिक रूपमै लबिङ गरेका छन् । पौडेल राष्ट्रपति निर्वाचित भएपछि आफूले प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा उपनिर्वाचनका लागि दृढ सङ्कल्पका साथ उम्मेदवारीका लागि दाबी गरेको फेसबुक स्ट्याटसमार्फत घोषणा गरेका छन् ।

२०४६ सालमा बहुदलीय व्यवस्था आएदेखि नै प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचन लड्ने आफ्नो सङ्कल्प अहिलेसम्म पूरा नभएको भन्दै उनले आफूलाई एक पटक प्रत्यक्ष निर्वाचन लड्ने अवसर दिन नेतृत्वसँग माग गरेका छन् ।

पोखरेल काँग्रेसका सिनियर नेता भए पनि उनीभन्दा अगाडि रामचन्द्र र गोविन्दराज जोशी भएकाले निर्वाचन लड्न पाएका थिएनन् । २०४९ सालमा जिल्ला विकास समितिको सभापति भएका पोखरेल काँग्रेसको मुख्य सचिवसम्म भएका थिए ।

त्यस्तै, काँग्रेसबाट तनहुँ १ मा युवा नेता दिपक भट्टराईले पनि दाबी गरेका छन् । त्रिचन्द्र क्याम्पसको स्ववियु सभापति र नेविसंघको महामन्त्री भइसकेका भट्टराई हाल महाधिवेशन प्रतिनिधि छन् ।