७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बान्द्रेगाउँमा वर्षौदेखि खानेपानीको हाहाकार

अ+ अ-

ढोरपाटन । सदरमुकाम बागलुङ बजार नजिकै छ मालिकाको बान्द्रेगाउँ । डाँडापाखाले घेरिएको यो गाउँ वर्षौँदेखि खानेपानीको समस्यामा छ । गाउँमा खानेपानीको समस्या समाधान गरिदिने बाचा गरेका धेरैपटक सत्तामा पुगे । व्यवस्था फेरिए तर खानेपानीको समस्या भने सधैँ उस्तै । पानीको अभावले बारीमा लगाएका सागका पालुवा ओइलिएका छन् ।

विद्यालयका शौचालय ढुङ्डुङ्ती गन्हाएका छन् । बागलुङ नगरपालिका–५ स्थित उक्त गाउँमा सहज खानेपानीको पहुँच नहुँदा स्थानीयसँगै यहाँको कृष्ण आधारभूत विद्यालयका विद्यार्थीले धित मर्ने गरी पानी पिउन पाएका छैनन् । दशकौँ अगाडि निर्माण भएको योजनाबाटै स्थानीयले खानेपानी उपभोग गर्दै आएका छन् । बिहान र बेलुका गरी दुई समय धारामा पानी आउँछ । थोरै समय आउने पानीले स्थानीयको गाग्री भरिँदैन । विद्यालयको ड्रम भरिन्न ।

स्थानीयले यो समस्या सरोकारवाला निकायलाई पटक–पटक सुनाउँदै आएका छन् । खानेपानीको समस्या सम्बन्धित निकायलाई सुनाउँदा सुनाउँदै दिक्क भएका उनीहरू अहिले यो विषयमा बोल्नै चाहँदैनन् । खानेपानीको चरम अभावका कारण गाउँ छाडेर जानेको सङ्ख्या बढ्दै गएको स्थानीय बताउाछन् । पानीको आपूर्ति नहुँदा दैनिकी कष्टकर बन्दै गएको स्थानीय पार्वती शर्माले बताए ।

‘घर नजिकै विद्यालय छ, विद्यार्थी तिर्खाएर आउँदा उनीहरूलाई पानी दिन नसक्दा दुःख लाग्छ’, उनले भने । शर्माले खेतीयोग्य जमिन भए पनि पानी अभावले तरकारी खेती र पशु चौपायालाई खुवाउन सकस भएको बताए । मुहान नजिक नहुँदा र सरकारले यहाँ ध्यान नदिँदा खानेपानीको समस्या वर्षौँदेखि यथावत छ । खानेपानीको सहज उपलब्धता भए बसाइँसराइ रोकिने शर्मा बताउँछन् ।

करिब चार दशक अगाडि धुरखोलाबाट ल्याएको पानी अहिलेसम्म व्यवस्थित गर्न नसक्दा समस्या भएको स्थानीय ७० वर्षीय प्रेम शर्मा सापकोटाले बताए । उनी भन्छन्, ‘झण्डै ३५ परिवारले खानेपानीको समस्या भोगेका छन्, गाउँमा पानी ल्याउन कसैको ध्यान गएको छैन ।’

धारामा साँझ बिहान दुई समय खानेपानी आए पनि विद्यार्थीका लागि पर्याप्त नहुने कृष्ण आधारभूत विद्यालयका प्रधानाध्यापक दयाराम सापकोटाले बताए । पानी भर्नका लागि बिहान छिट्टै विद्यालय आउने र साँझ अबेरसम्म बस्नुपर्ने उनी बताउँछन् ।

बागलुङ नगरपालिका–५ का वडाध्यक्ष हरिप्रसाद शर्मा खानेपानी समस्या समाधानका लागि योजना अन्तिम चरणमा पुगेको बताए । विसं २०७२ देखि ‘मालिका खानेपानी तथा सरसफाइ आयोजान’ सञ्चालन भए पनि बजेट अभावमा सम्पन्न हुन नसकेको उनले बताए । ‘उपभोक्त समितिमार्फत ट्याङ्की निर्माण भएको छ, पाइप लाइन खन्न बाँकी छ’, शर्माले भने ।

प्रतिक्रिया दिनुहोस