२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटकीय गन्तव्य सिक्लेस सडक कालोपत्र गरिँदै

अ+ अ-

कास्की । पर्यटकीय हिसाबले महत्त्वपूर्ण कास्कीको मादी गाउँपालिका–१ सिक्लेस पुग्ने सडक कालोपत्र गर्न थालिएको छ ।

काहुँखोला–सिक्लेस सडक खण्डको ट्रयाक २०५८ सालमा खुलेको हो । ट्रयाक खुलेको दुई दशकपछि सडकको स्तरोन्नति गरी कालोपत्र गर्न थालिएको छ ।

सो सडक खण्डमा पहिलो चरणमा विजयपुर खोलाबाट थाकको उकालोसम्म कालोपत्र गर्न थालिएको मादी–७ का वडाध्यक्ष दुर्गाबहादुर गुरुङले बताए । उनका अनुसार बिहान १० देखि साँझ ४ बजेसम्म यातायात पूर्ण बन्द गरेर सडक कालोपत्रको काम भइरहेको छ ।

पोखरा महानगरपालिका–१३ विजयपुर खोलाबाट सिक्लेससम्मको ३२ किमी सडकमध्ये हाल पहिलो चरणमा १० किमीको निर्माण भइरहेको छ । निर्माण कम्पनीले आगामी चैतसम्म कालोपत्र सक्ने प्रतिबद्धता जनाएको छ । उनले भने, ‘लामो समयको प्रतीक्षा र मेहनतपछि पक्की सडक हुन थालेपछि गाउँले उत्साहित छन् । यसबाट उत्तरी मादीका बासिन्दलाई राहत मिल्छ ।’

यसैगरी थाकबाट माथिको १० किमी सडकसमेत स्तरोन्नतिको काम सुरु भएको छ । रौताहा कन्स्ट्रक्सनले छ महिनादेखि सडक फराकिलो बनाउने काम गरिरहेको हो । गण्डकी प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालय कास्कीले सो सडक स्तरोन्नतिका लागि २०७७ सालमा काष्ठमण्डप कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो । सो सडकको लागत २२ करोड २६ लाख छ । सडक दायाँबायाँ नालाबाहेक सात मिटर फराकिलो बनाइएको छ ।

मादी गाउँपालिका–१ स्थित सिक्लेस आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यका रूपमा प्रख्यात छ ।

दृश्यावलोकन र सुन्दर गुरुङ बस्तीले यहाँ पर्यटकलाई आकर्षित गर्ने गरेको छ । पक्की सडक बनेसँगै सिक्लेससहित ताङतिङ, क्रपुडाँडा, कफूचे ताललगायत मादीका पर्यटकीय स्थलमा जाने पर्यटकलाई समेत सहज हुने विश्वास गरिएको छ ।

सिक्लेसलाई नेपालको शान्ति प्रक्रियाको सुरुआत स्थलका रूपमा समेत लिइन्छ । विसं २०६३ मा तत्कालीन विद्रोही नेकपा (माओवादी) र सरकारकाबीच सिक्लेसमा पहिलो पटक वार्ता भएको थियो ।

तत्कालीन विद्रोही माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सरकारका तर्फबाट गृहमन्त्री कृष्णप्रसाद सिटौलाबीच सिक्लेसमा वार्ता भएको थियो ।

सिक्लेसमा शान्तिस्तम्भसहित पूर्वाधार निर्माण गरिएको छ ।