काठमाडौँ । चितवनको सहिद स्मारक कलेजमा शङ्कास्पद वस्तु फेला परेको छ। भरतपुर महानगरपालिका वडा नम्बर १९ सारदानगरस्थित उक्त कलेजमा शङ्कास्पद बस्तु फेला परेको हो ।
कलेजको पार्किङ क्षेत्रमा कार्टुनमा हरियो र कालो टेपले बेरेको हरियो तार जडान भएको वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
आज फेला परेको उक्त वस्तुमा ‘स्ववियु निर्वाचन रद्द गरौँ’ लेखिएको छ।
अहिले उक्त स्थानमा प्रहरी खटिएको र नेपाली सेनासँग समन्वय प्रहरीले जनाएको छ ।