काठमाडौँ । कृषि विकास बैङ्क लिमिटेडले ५ जना कर्मचारीको बढुवा गरेको छ । बढुवा सिफारिस समितिको निर्णयअनुसार बैङ्कको आर्थिक वर्ष २०७८९/८० वार्षिक स्वीकृति दरबन्दी अनुसार रिक्त रहेका उप-महाप्रबन्धक (तह ११) र प्रशासन (अधिकृत स्तर)का गरी ५ जनालाई बढुवा गरिएको हो ।
बैङ्कको जनशक्ति व्यवस्थापन विभाले आज एक सूचना जारी गर्दै रिक्त पदहरूमा पदपूर्तिका लागी गत असारसम्म सम्भाव्य भएका उम्मेदवारहरूमध्ये कार्य सम्पादन मूल्याङ्कन, ज्येष्ठता, शैक्षिक योग्यता र भौगोलिक अङ्कका आधारमा बढुवा गरिएको जनाएको छ ।








