२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नाफा घाटा नहेरी संक्रमणकालीन न्यायको विषय टुङ्ग्याउनु पर्छ : गगन थापा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले दलहरूले तत्कालको नाफा घाटा नहेरी शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको विषय टुङ्ग्याउनुपर्ने बताएका छन् ।

मङ्गलवार काँग्रेस नेता गिरिजाप्रसाद कोइरालाको स्मृतिमा आयोजित कार्यक्रममा उनले अब समयको सुविधा नभएकाले शान्ति प्रक्रियालाई यो वा त्यो नाममा लम्ब्याउने छुट नभएको बताएका हुन् ।

उनले भने, ‘दलीय सङ्कीर्णता र तत्कालको नाफा घाटा भन्दा बाहिर निस्केर यो विषयलाई सम्बोधनको प्रयास गर्नुपर्छ, हामीसँग समयको सुविधा छैन । यो या त्यो नाममा लम्ब्यायौँ भने अझै यो जटिल बन्दै जान्छ र भविष्यमा अझै अप्ठेरो सिर्जना गर्छ र अन्यायपूर्ण पनि हुन्छ ।’

संक्रणकालीन न्यायको विषय टुङ्ग्याउन ढिलो भइसकेको भन्दै थापाले नेकपा एमालेलाई पनि सहकार्यमा आउन आग्रह गरे । उनले भने, ‘हामी सबै मिलेर एक ठाउँमा बसेर काम गर्नुपर्नेछ । यो पक्ष त्यो पक्ष नभनी, काँग्रेस, एमाले, माओवादी सबै हामी एक ठाउँमा आएर टुङ्ग्याउनुपर्नेछ ।’

थापाले संक्रमणकालीन न्यायको विषय सम्बोधन गर्दा पीडितको भावना अनिवार्य बुझ्नुपर्ने र अन्तर्राष्ट्रिय कानुन र मान्यता विपरीत भएको वा नभएको पनि ख्याल गर्नुपर्ने बताए । ‘द्वन्द्वबाट पीडित भएकाहरूको भावना सम्बोधन गर्न सकेनौँ, टुङ्ग्याउनुपर्ने नाममा उनीहरूले बोक्नैपर्छ भारी भन्न लाग्यौँ भने, उनीहरूले स्वीकार गरेनन् मानेनन् भने पनि हामी अप्ठ्यारोमा पर्छौँ’ उनले भने ।

संक्रमणकालीन न्यायको विषय नेपालको आन्तरिक मामिला भए पनि यसमा अन्तर्राष्ट्रिय कानुन जोडिने भन्दै ती कानुनको कसीमा ठिक भए कि भएनन् भनेर पनि ख्याल गर्नुपर्ने बताए ।

‘हामीले चाहे पनि नचाहे पनि यो विषय हाम्रो विषयहरू मात्र होइन, यसमा कतिपय अन्तर्राष्ट्रिय कानुन जोडिएको छ । यसलाई टुङ्ग्याउँदै गर्दा हामीलाई ठिक लागेर मात्र हुँदैन’ महामन्त्री थापाले भने, ‘संसारमा जुन मान्यतामा विश्वास गर्छौँ, त्यसको कसीमा ठिक देखिन्छन् कि देखिँदैन भन्ने कुरा पनि हामीले ध्यान दिनुपर्छ ।’