जनकपुरधाम । जनकपुरमा अनलाइनबाट ठगी गरेको आरोपमा ९० थान कम्प्युटरसहित २३ जना पक्राउ परेका छन् ।
जनकपुरधामको पिडारीचौकस्थित वीरबहादुर राउतको घरको दोस्रो तलामा गैर कानुनी रूपमा कल सेन्टर सञ्चालन गरी अनलाइन ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले कल सेन्टरमा छापा हानेर ९ महिलासहित २३ जनालाई पक्राउ गरेको हो । उनीहरूले इन्टरनेट जोडेर प्रयोग गरेका ३० वटा कम्प्युटर र तयारी अवस्थामा रहेका ६० वटा कम्प्युटर पनि बरामद भएको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट दुई वटा मोटरसाइकल पनि बराम गरिएको प्रहरीले जनाएको छ ।







