१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रकम हुँदाहुँदै पनि लगानी गर्ने वातावरण बन्न सकेन : अध्यक्ष गोल्यान

अ+ अ-

पाटन । बैंक तथा वित्तीय संस्था परिसङ्घ (सिबिफिन)का अध्यक्ष पवनकुमार गोल्यानले बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम हुँदाहुँदै पनि लगानी गर्ने वातावरण बन्न नसकेको बताए । सिबिफिनद्वारा मङ्गलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष गोल्यानले बैंकमा पर्याप्त रकम भए पनि कर्मचारीको मनोबल खस्किएको र लगानी डुब्ने डरले नयाँ लगानी गर्न वित्तीय संस्थाहरू डराइरहेको बताएका हुन् ।

‘अहिले बैंक तथा वित्तीय संस्थाका कर्मचारीको मनोबल खस्किएको छ । लगानी डुब्ने डरले लगानी गर्न डराइरहेका छन् । सङ्गठित हिसाबले ऋण नतिर्ने वातावरण सिर्जना गरिरहेका छन्, यो गलत हो भन्ने कुरा मिडियाले पनि उठाइदिनुपर्ने अवस्था आएको छ । यसैका लागि पनि हामी यो पत्रकार सम्मेलन गर्न बाध्य भएका छौँ ।’

अध्यक्ष गोल्यानले भने, ‘उत्पादनमूलक क्षेत्रमा गरिने लगानीमा लिइने ब्याजदर अनुत्पादक क्षेत्रमा गरिने लगानीमा लिइनेभन्दा दुईदेखि पाँच प्रतिशत कम हुनुपर्छ । अहिले आयात बढेर विलासिता वस्तु खरिदमा रकम बाहिरिने डरले ब्याजदर घटाउन डराउनुपरेको हो । तर ब्याजदर बढी हुँदा बैंकमा पैसा बढी थुप्रिने भयो । अनि अर्कोतर्फ व्यवसायीले अहिलेको ब्याजदर धन्न सक्ने अवस्था छैन । त्यसकारण पनि ब्याजदर घट्नु अनिवार्य छ ।’ उनले साना जलविद्युत्मा आधारित ऊर्जा क्षेत्रमा बैंकिङ क्षेत्रबाट रु दुई खर्ब लगानी भएको बताउँदै अब आर्थिक समृद्धिमा जोड दिन हाम्रो सम्भावनालाई ध्यान दिएर नीति–निर्माण गरिनुपर्नेमा जोड दिए ।

सिबिफिनका सचिव पुष्पशरण मल्लिकले ब्याजदर कम राख्नका लागि बैंक तथा वित्तीय संस्थाले एक वर्षभन्दा कमको मुद्दती बचतलाई निरुत्साहित गर्नुपर्ने बताए । ‘ब्याजदर कम कायम गर्न लागत कम हुनुपर्छ । यसका लागि एक वर्षभन्दा कम अवधिको मुद्दती बचतलाई निरुत्साहित गर्नु आवश्यक छ’, मल्लिकले भने ।

सिबिफिनका कार्यसमिति सदस्य महेन्द्रकुमार गोल्यानले विदेशी मुद्रा सञ्चिति घट्दा तरलता अभाव, तरलता अभाव हुँदा ब्याजदर बढ्ने बताए । उनले अहिले आन्तरिक र बाह्य समस्याका कारण तरलता अभाव भएको बताउँदै सरकारले निजी क्षेत्रको महत्त्वपूर्ण भूमिकालाई आत्मसाथ गरेर समस्या समाधानमा लाग्नुपर्ने बताए ।

सम्मेलनमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै अध्यक्ष गोल्यानले अहिले उद्योगले ऋणको ब्याज तिर्न नसकिरहेको र निरन्तर यही ब्याजदर धान्न नसकिने भएकाले वैशाखदेखि नै ब्याजदर घटाइनुपर्ने बताए । उनले चाहिनेभन्दा बढी लगानी सिमेन्ट र डन्डीका क्षेत्रमा लगानी भएको बताउँदै अब अन्य क्षेत्रमा लगानी बढाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस