काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको समय निश्चित भएको छ ।
भ्रमण २८ वैशाखभन्दा पछि र ५ जेठभन्दा अघि हुने निश्चित भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । यद्यपि, दुवै पक्षले निश्चित मिति तय गर्न भने अझै केही समय लाग्ने भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमणको लागि पठाएको औपचारिक निम्तो पत्र भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरिसकेका छन्।






