काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चटकेको संज्ञा दिएका छन्।
शनिबार नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७५ औँ वर्षगाँठको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले लामिछानेप्रति यस्तो कटाक्ष गरेका हुन्।
उनले रास्वपा र रास्वपा सभापति लामिछानेप्रति इङ्गित गर्दै विचारधारा र सिद्धान्त नभएका मान्छेहरू राजनीतिमा आइरहेको बताएका हुन्।
‘म आएपछि चकाचक गरिदिन्छु, भनेर मान्छे आएर उफ्रिन्छ, गरिब जनता विदेशतिर पलायन भएका जनता त्यसलाई नै ताली पिट्छन् रु के त्यो जादुगर हो रु यस्ता चटके, जसको सिद्धान्त कुनै छैन, तर जनतामा असन्तुष्टि देखाउन नेतालाई गाली गर्ने, सबैलाई गाली गर्ने, प्रतिशोध राख्न खोज्ने र म आएपछि ठिक गर्दिन्छु भन्नेछन्,’ उनले भने, ‘यसले ठूलो प्रतिक्रान्तिको आधार तयार गर्दैछ। त्यसैले बेलैमा सबै आरोप प्रत्यारोपमा भन्दा छलफल गरौँ।’