काठमाडैँ । बारा-२ को पछिल्लो मतपरिणामअनुसार जसपाका उपेन्द्र यादवले अग्रता बढाएका छन् ।
हालसम्म ३८१० मत गणना हुँदा यादवले १३९० मत प्राप्त गरेका छन् भने जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले १३०१ मत पाएका छन् ।
त्यसैगरी एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ६२९ मत र रमेश खरेलले २५९ मत प्राप्त गरेका छन् ।







