२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आयोजनाले गर्नुपर्ने पूरक ईआईए प्रावधानलाई खुकुलो बनाउने तयारी 

अ+ अ-

काठमाडौँ । सरकारले विकास आयोजनाले गर्नुपर्ने पूरक वातावरणीय प्रभाव मूल्याङ्कनको प्रावधानलाई खुकुलो बनाउने तयारी गरेको छ । राष्ट्रिय विकास समस्या समाधान समितिको ५० औँ बैठकले विद्यमान वातावरण संरक्षण ऐन तथा नियमावलीमा संशोधन गर्न प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

अहिले स्वीकृत वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)का आधारमा आयोजना निर्माण गर्ने क्रममा रुख कटानको साविकमा भएको स्वीकृत संख्यामा घटी/बढी रहेकोमा घटी हुँदा पनि पूरक ईआईए गर्नुपर्ने व्यवस्था छ । यसले आयोजनाको काममा ढिलाइ हुने गरेको भन्दै अब रुख कम काट्नु पर्ने अवस्थामा पूरक ईआईए आवश्यक नपर्ने गरी कानुनी प्रावधान बनाइने भएको छ । यसका लागि समितिले वन तथा वातावरण मन्त्रालयलाई जिम्मेवारी दिएको छ ।

बैठकले आयोजना निर्माणका लागि वन क्षेत्र प्रयोग गरेबापत नियमानुसार वृक्षारोपण गर्न निकुञ्ज र संरक्षण क्षेत्र नजिक जग्गा प्राप्त नभएका अन्यत्र समेत वृक्षारोपण गर्न सकिने गरी वन ऐनमा संशोधन गर्ने निर्णय समेत गरेको छ । यसका लागि समेत वन तथा वातावरण मन्त्रालयले २ महिनाको समय पाएको छ ।

सोही बैठकले नेपाल सरकारले सञ्चालन गर्ने पूर्वाधार निर्माणका आयोजनाले राष्ट्रिय वन क्षेत्रको जग्गाको शोधभर्ना स्वरूप अब रकमको साटो जग्गानै शोधभर्ना गर्न सकिने गरी कानुनी व्यवस्था संशोधन गर्ने निर्णय समेत गरेको छ ।