२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादीको एम्बुसमा परेर दश प्रहरीको मृत्यु

अ+ अ-

काठमाडौँ । माओवादी विद्रोहीको आक्रमणमा परेर दशजना भारतीय प्रहरीको ज्यान गएको छ। 

भारतको मध्य छत्तीसगढ राज्यमा बुधबार माओवादीले विद्युतीय धरापमा पारेर प्रहरीको गाडीमाथि विस्फोट गराएका थिए। त्यस क्रममा गाडीमा रहेका सबै दश प्रहरीको मृत्यु भएको हो।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार ती प्रहरी दन्तेवाडा जिल्लामा विद्रोहीको गतिविधि अनुसन्धान गर्ने चलाइएको मिसनबाट फर्कँदै गरेका थिए। 

नियमित कामबाट फर्कँदै गरेका प्रहरीहरू सवार गाडीलाई लक्षित गरी विस्फोट गराइएको जानाईएको छ । 

भारतमा सन् १९६० को दशकमा सुरु भएको माओवादी विद्रोह अझै नियन्त्रणमा आएको छैन। यसबीच हजारौँ मानिसको ज्यान गइसकेको छ। बुधबारको घटना पछिल्लो दुई वर्षयताकै ठूलो क्षति भएको बताइएको छ।