काठमाडौँ। अर्थमन्त्री डा. प्रकाशशरण महतले मौद्रिक नीति खुकुलो गर्न अब ढिलाइ गर्नु नहुने बताएका छन् ।
अर्थ मन्त्रालय, राजश्व परामर्श समितिको आयोजना तथा उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घको सहजीकरणमा बिहीबार विराटनगरमा भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
अर्थतन्त्रको मूलभूत समस्या भनेको यसमा आएको शिथिलता भएको भन्दै उनले यसको महत्त्वपूर्ण नीतिगत दुई पाटो मौद्रिक र वित्त नीतिलाई खुकुलो गर्न अब ढिलाइ गर्नु नहुने बताए ।
उनले राजश्व र खर्चको विषयमा सम्बोधन गर्दै जाने गम्भीरता सरकारसँग भएको बताए ।
ब्याजदरले समस्या सिर्जना गरेको भन्दै अब बिस्तारै सहजतातिर जानुपर्ने मन्त्री महतको भनाइ थियो ।