काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज(शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
आज भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
त्यस्तै, आज डलरको खरिद दर १३० रुपैयाँ ६५ पैसा र बिक्री दर १३१ रुपैयाँ २५ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ३४ पैसा र बिक्री दर १४५ रुपैयाँ ०१ पैसा रहेको छ।
यस्तैगरी लायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ९९ पैसा र बिक्री दर १६३ रुपैयाँ ७३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८३ पैसा र बिक्री दर ३५ रुपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
