काठमाडौँ । नेपाल बार एसोसिएसनले दबाबमूलक अभियान सुरु गर्ने भएको छ ।
एसोसिएसनले वैशाख १७ गतेदेखि एक हप्ताका लागि दबाबमूलक अभियान सुरु गर्न लागेको हो ।
एसोसिएसनका महासचिव अधिवक्ता अन्जिता खनालले एक विज्ञप्ति जारी गर्दै वैशाख १७ गतेबाट एक हप्तासम्म प्लेकार्ड र ब्यानरसहित संवैधानिक परिषद्का प्रमुख र सम्बन्धित सबै निकायको ध्यानाकर्षण गराउने अभियानको सुरुवात गर्ने बताएकी छन् ।
