काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत प्राप्त गरेका छन्।
आज मङ्गलवार बसेको प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री चौधरीले विश्वासको मत लिएका हुन्।
नेपाली काँग्रेस लुम्बिनी प्रदेशको संसदीय दलको नेतासमेत रहेका मुख्यमन्त्री चौधरीको पक्षमा ५३ र विपक्षमा २९ मत खसेको छ। ८७ जना प्रदेश सभा सदस्यको बहुमत प्राप्त गरेपछि विश्वासको प्रस्ताव स्वीकृत भएको छ।







