७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हर्क साम्पाङले वडाध्यक्षहरूसँग मागे माफी 

अ+ अ-

काठमाडौँ। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले वडा अध्यक्षहरूको राजीनामा माग गरेकोमा माफी मागेका छन् । साम्पाङले वडा अध्यक्षहरूले राखेको ५ बुँदे माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि ६१ दिन पछि धरान कार्यपालिका बैठक बसेको थियो । 

उनले आफ्ना स्वकीय सचिव सन्दीप लिम्बूले वडाध्यक्षलाई निर्देशनसहित पठाएको पत्र पनि फिर्ता गरेको बताएका छन् । धरान १० का वडा अध्यक्ष विवेक राईलाई सोधिएको स्पष्टीकरणसमेत साम्पाङले फिर्ता लिएका छन् ।

प्रदेश र संघीय सरकारको बजेट कार्यान्वयन गर्ने कुरामा उपमहानगरपालिकालाई जानकारी दिएर कार्यान्वयन गर्ने सहमति जनाएका छन् । 

स्वकीय सचिव लिम्बूले भौतिक निर्माणको प्रगतिसहितको विवरण पठाउन वडाध्यक्षलाई पत्र पठाएपछि वडाध्यक्ष र मेयरबीच विवाद सुरु भएको थियो । वडाध्यक्षहरूले कालोपट्टी बाँधेर मेयरको कार्यशैलीको विरोध गरेका थिए । विवाद बढ्दै जाँदा मेयर र वडाध्यक्षका बीचमा धरान १७ का वडाध्यक्ष सूर्यकुमार भट्टराई (मनोज) माथि साम्पाङ समर्थकहरूले हातपात गर्दै कालोमोसो दल्न खोजेर दुर्व्यवहार गरेका थिए ।

घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा चलाएको छ । विवाद बढ्दै गएपछि राजनीतिक दलहरूले कार्यशैली सच्याउन ध्यानाकर्षणसमेत गराएका थिए । एकसाता अघि उपमेयर आइन्द्रविक्रम बेघाले वडाध्यक्षको जायज माग पूरा गर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस