काठमाडौँ । कोशी प्रदेश सभाले प्रदेश सभा सदस्यहरूलाई बाँड्ने भनेको ल्यापटप नेपाली काँग्रेसका सांसदहरूले नलिने भएका छन्।
बिहीबार विराटनगरमा बसेको कोशी काँग्रेसको प्रदेश सभा संसदीय दलको बैठकले ल्यापटप नलिने निर्णय गरेको एक प्रदेश सभा सदस्यले जानकारी दिए।
प्रदेश सभा सचिवालयले हरेक सांसदलाई एउटा-एउटा ल्यापटप दिने निर्णय गरेको थियो।
अर्को दल नेकपा (माओवादी केन्द्र) का सांसदले पनि प्रदेश सभाले बाँड्ने भनेको ल्यापटप आफूहरूले नलिने बताएका छन्।