काठमाडौँ । सरकारले हेटौडा कपडा उद्योग र बुटवल धागो कारखाना सञ्चालनको गरिने भएको छ ।
सरकारको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्दै राष्ट्रपतिले यसको जानकारी गराएका हुन् ।
“हेटौडा कपडा उद्योग र बुटवल धागो कारखाना सहितका उद्योग सञ्चालनमा ल्याइनेछ,” नीति तथा कार्यक्रममा भनिएको छ, “लामो समयदेखि बन्द एवम् रुग्ण उद्योगको सम्भाव्यता अध्ययनका लागि उच्चस्तरीय अध्ययन समिति गठन गरिनेछ ।”
यस्तै उद्योगमा विद्युत् आपूर्ति सहज बनाउने घोषणा पनि सरकारको नीति तथा कार्यक्रममा गरिएको छ ।