२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छाब्दी वाराही मन्दिरको छाना तामाले छाइने

अ+ अ-

तनहुँ । व्यास नगरपालिका-१४ स्थित प्रसिद्ध धार्मिक पर्यटक स्थल छाब्दी वाराही मन्दिरको जीर्णोद्धारको काम पुरातात्त्विक भक्तपुरे इँटाको प्रयोग गरी मन्दिर निर्माण र मन्दिरको छाना तामाको पाताले छाउन काम सुरु गरिएको छ ।

विसं २०७९ वैशाख १९ देखि सुरु गरी २०८० जेठ मसान्तभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छाब्दी वाराही मन्दिर पुनः निर्माण समितिका अध्यक्ष दुर्गाबहादुर थापाले जानकारी दिए ।

गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय सामाजिक विकास कार्यालयमार्फत १५ लाख र स्थानीय श्रमदान एक लाख २० हजार दुई सय ५८ को लागतमा मन्दिर पुनः निर्माण गर्न लागिएको हो । मन्दिरको निर्माण कार्य भइरहे पनि पूजा अर्चनाका लागि आउने भक्तजनलाई कुनै किसिमको बाधा नपुग्ने गरी काम गर्ने व्यवस्था मिलाइएको उनले बताए ।

प्रदेश सरकारले विनियोजन गरेको बजेटले छाना छाउन पुग्नेछ । उनले भने, ‘मन्दिरको अन्य भौतिक संरचना निर्माणका लागि मन्दिर संरक्षण विकास कोष, चन्दा सङ्कलन र स्थानीय श्रमदानबाट काम गर्ने योजना छ ।’

मन्दिरको संरचना निर्माणलगायतका कामका लागि करिब रु ८५ लाखको लागत अनुमान रहेको मन्दिर पुनः निर्माण समितिले जनाएको छ । उक्त क्षेत्रका करिब दुई सय घरधुरीका दुई हजार पाँच सय मानिस प्रत्यक्ष लाभान्वित हुने बताइएको छ ।