८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ढोरपाटनका मेयर ३ दिनदेखि फरार, रकम हिनामिना गरेको भन्दै जिप्रकामा निवेदन 

अ+ अ-

काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली सम्पर्कविहीन भएका छन् । इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष समेत रहेका नेपाली तीन दिनदेखि सम्पर्कविहीन भएका हुन् । 

अध्यक्ष नेपालीले सहकारी संस्थाको रकम हिनामिना गरेको सेयर सदस्यहरूको आरोपमा सहकारीका सदस्यहरूले जिल्ला प्रशासनमा निवेदन दिएपछि यो कुरा बाहिर आएको हो । 

जिल्ला प्रशासन कार्यालय बागलुङमा इमेज सहकारीका सेयर सदस्यहरूले मेयर भागेको भन्दै निवेदन लिएर आएको प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बताइन् । उनले भनिन्, ‘निवेदन आएको छ, पछि हामीले सम्पर्क गर्न खोज्यौँ । तर, उहाँसँग सम्पर्क भएन । 

श्रेष्ठका अनुसार ४ दिन अगाडि इलाका प्रहरी कार्यालय बुर्तिबाङमा आर्थिक समस्या भएको कारणले निरन्तर रूपमा मानसिक टर्चर आएको भन्दै मेयर नेपालीले पत्र दिएको जनाइएको छ । 

पत्रमा मानसिक तनावका कारण केही समय स्वास्थ्य उपचार गर्न बाहिर जानुपर्ने भन्दै उनले आफ्नो सम्पत्तिको रक्षा गर्न अनुरोध गरेको इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख लोक बहादुर कुँवरले बताए । 

‘पत्र छाडेर जानुभएको छ, मोबाइल अफ छ, केही समय स्वास्थ्य उपचार गर्न बाहिर जानुपर्ने र आफ्नो सम्पत्तिको रक्षा गर्न अनुरोध गर्न भनेर निवेदनमा भनिएको छ,‘ कुँवरको भनार्ई छ । 

प्रशासनले उनलाई सम्पर्क गर्दा पनि उनको मोबाइल स्विच अफ छ । 

नगर उपप्रमुख धनबहादुर कठायतलाई कार्यवाहक नगर प्रमुखको जिम्मेवारी दिएर उनी फरार भएका छन् । 

प्रतिक्रिया दिनुहोस