२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बर्दघाटमा ट्रमा सेन्टर बनाउन जग्गा सुनिश्चित

अ+ अ-

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)को बर्दघाटमा ट्रमा सेन्टर बनाउन आवश्यक जग्गा सुनिश्चित गरिएको छ । बर्दघाट नगरपालिका–२ चिसापानीस्थित राष्ट्रिय आवास कम्पनीको नाममा रहेको कुल आठ बिघा दुई कठ्ठा १२ धुर जग्गामध्ये एक बिघा १० कठ्ठा जग्गामा ५० शय्याको ट्रमा सेन्टर बनाइने भएको छ ।

बर्दघाट नगरपालिका र राष्ट्रिय आवास कम्पनीबीच ट्रमा सेन्टर बनाउनका लागि जग्गाको सम्झौता भएको छ । कम्पनीसँग भाडामा लिइएको सो जग्गामा अब सुविधासम्पन्न ट्रमा सेन्टर निर्माण हुने छ । ट्रमा सेन्टर निर्माणपश्चात् उक्त सेन्टर लुम्बिनी प्रदेशकै सुविधायुक्त स्वास्थ्योपचार थलोका रूपमा स्थापित हुने विश्वास लिइएको बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठले बताए ।

ट्रमा सेन्टर निर्माणका लागि आर्थिक वर्ष २०७८/७९ मा सङ्घीय सरकारको वार्षिक स्वीकृत कार्यक्रमअनुसार रु १० करोड विनियोजन गरिएको थियो । तर बनाउनका लागि जग्गा यकिन हुन नसक्दा उक्त रकम फ्रिज भएको थियो । ट्रमा सेन्टर ‘ढिलै भए पनि ट्रमा सेन्टर निर्माणका लागि जग्गा सुनिश्चित भएको छ’, उनले भने ।

राष्ट्रिय महत्त्वपूर्ण आयोजनाका रूपमा मानिएको ट्रमा सेन्टर निर्माण हुने सुनिश्चितताले यस क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास गरिएको सङ्घीय सांसद विनोद चौधरी बताउछन् । ट्रमा सेन्टर निर्माणका लागि आव २०७९/८० मा सङ्घीय सरकारले रु चार करोड विनियोजन गरेको छ । आगामी दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको ट्रमा सेन्टरको लागत रु ३५ करोड रहेको सघन सहरी तथा भवन निर्माण आयोजना चितवन कार्यालयका प्रमुख झपटबहादुर थापाले जानकारी दिए ।

नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) को बर्दघाटमा निर्माण हुने ट्रमा सेन्टरमा विभिन्न छ विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्योपचार सुविधा हुनेछ । पूर्व–पश्चिम राजमार्गमा अत्यधिक दुर्घटना हुने भएकाले ट्रमा सेन्टर निर्माणले दुर्घटनाबाट ज्यान गुमाउनेको सङ्ख्यामा कमी आउने विश्वास गरिएको छ । ट्रमा सेन्टर निर्माणपछि सामान्य उपचारका लागि बुटवल तथा भारत जानुपर्ने बाध्यता हट्ने छ ।