काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विराजभक्त श्रेष्ठले संसदमा आधार र प्रमाणका आधारमा बोल्नुपर्ने बताएका छन् ।
शुक्रवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद श्रेष्ठले प्रमुख प्रतिपक्षको सांसदले नै भ्रष्टाचारको छानबिन हुनुपर्छ भन्नु सुसंस्कृत अभ्यास भएको बताए ।
उनले एक अर्कालाई हिलो छ्यापेर फुत्किने भन्दा पनि आधार, तथ्यसहित बोल्नुपर्ने बताए ।