७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कार्यवाहक सचिवविरुद्ध कानुनी कारबाहीमा जाने क्यान सदस्यको घोषणा

अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट सङ्घका केन्द्रीय सदस्य मोहम्मद दाउद अन्सारीले कार्यवाहक सचिव दुर्गाराज पाठक अवैधानिक भएकाले कानुनी कारबाहीमा जाने बताएका छन् । अन्सारीले गत जेठ ७ गते क्यान अध्यक्ष चतुरबहादुर चन्दसँग ६ वटा विषयमा जवाफ माग गर्दै यसबीचमा कार्यवाहक सचिवले गरेको सबै काम अवैधानिक हुने दाबी गरेका छन् ।

अन्सारीले मुलपानी क्रिकेट मैदान स्तरोन्नतिको आयव्यय, यल्लो प्यागोडा होटेलको बिल भुक्तानी, लेभिन स्पोर्ट्सको बक्यौता रकम, एसीसी प्रिमियर लिगको भुक्तानी, नेपाल टी–२० लिगका लागि सेभन थ्री स्पोर्ट्ससँगको भुक्तानी र कानुनी कारबाही तथा अवैधानिक सचिवको सम्बन्धमा अध्यक्षसँग लिखित जवाफको माग गरेका हुन् ।

‘‘विशेष साधारण सभामा ल्याइएको विधान संशोधनको मस्यौदाबाट पनि उहाँ अवैधानिक रहेको प्रस्ट हुन्छ । त्यसको वैधानिकता विधान संशोधनको सम्पूर्ण प्रक्रिया पूर्ण भएपछि मात्र वैधानिक हुन सक्छन्,’’ अन्सारीले बुझाएको पत्रमा भनिएको छ, ‘‘तसर्थ, उहाँले यस अवधिभित्र गरेका सम्पूर्ण निर्णय तथा कार्य स्वतः अवैधानिक हुन जाने देखिएकोले मेरो फरक मत र कानुनी कारबाहीको बाटो रहिरहन्छ ।’’

अन्सारीले नेपाल टी–२० लिगको व्यापारिक तथा रणनीतिक साझेदार विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सले खेलाडीको म्याच फी भुक्तान नगरेको, विजेताको टिमको पुरस्कार तथा म्यान अफ द म्याच घोषित खेलाडीको पुरस्कार राशि नपाएको तथा सङ्घले अनुमति दिएवापतको पूरा रकम नपाए पनि कानुनी प्रक्रिया नअपनाउनु रहस्यमय भएको बताएका छन् ।

अन्सारीले यस विषयमा सबैलाई विस्तृत जानकारी गराउन माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस