आज नेपाल र मलेसिया भिड्दै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आज नेपाल र मलेसिया भिड्दै


१८ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । नेपालले तेस्रो महिला टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा आज घरेलु टोली मलेसियासँग भिड्ने भएको छ ।

खेल मलेसियाको बांगीमा नेपाली समय अनुसार बिहान पौने ९ मा सुरु हुनेछ ।

पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज १-१ को बराबरीमा छ । नेपाल पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो ।

दोस्रो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो ।

मलेसियासँग जेठ २० र २१ मा नेपालले चौथो र पाँचौं खेल खेल्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस