लमजुङ कारागारबाट २ जना कैदी बन्दी फरार « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

लमजुङ कारागारबाट २ जना कैदी बन्दी फरार


१८ जेष्ठ २०८०, बिहिबार


बेसीसहर । लमजुङ जिल्ला कारागारबाट दुई जना कैदी बन्दी फरार भएका छन् ।

बिहीबार बिहान साँढे १ बजे कारागारको पर्खाल नागेर कैदी बन्दी फरार भएका हुन् ।

फरार हुनेमा लमजुङको मध्य नेपाल नगरपालिका वडा नं. ४ दुईपिप्लेका २७ वर्षका विष्णु विक र गोरखाको चुम्नुव्री गाउँपालिका वडा नं. ३ घट्टे खोला घर भई पोखरा महानगरपालिका–१६ बस्ने ३७ वर्षका चन्द्रबहादुर गुरुङ रहेका छन् ।

बेसीसहर नगरपालिका वडा नं. ८ शेरमामा रहेको कारागारबाट फरार भएका कैदी बन्दीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

विक २०७९ साउन २४ गते जबरजस्ती करणी मुद्दामा र गुरुङ २०८० वैशाख ३१ गते ठगी मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस