२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालमा हिन्दु धर्म मान्ने ८१ प्रतिशत बढी (विवरणसहित)

अ+ अ-

काठमाडौँ । नेपालमा १२ औँ राष्ट्रिय जनगणनाले ८१ प्रतिशतभन्दा बढीले हिन्दु धर्म मान्ने देखाएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालको जातजाति, भाषा तथा धर्मसम्बन्धी तथ्यांकीय नतिजा सार्वजनिक गरेको हो ।

कार्यालयले शुक्रबार बाँकी रहेको तथ्याङ्क सार्वजनिक गरेको हो । कार्यालयले गत चैत १० गते १२ औँ जनगणनाको संक्षिप्त विवरण सार्वजनिक गरेको थियो ।

जसमा मुख्यतः नेपालमा १० वटा धर्म मान्ने मानिसहरूको बसोबास रहेको सार्वजनिक नतिजामा उल्लेख छ ।

कुल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५७८ मध्ये सबभन्दा धेरै २ करोड ३६ लाख ७७ हजार ७४४ जना (८१.१९ प्रतिशत)ले हिन्दु धर्म मान्ने तथ्याङ्क देखिएको छ ।

यस्तै, दोस्रोमा बौद्ध धर्म मान्ने मानिस रहेका छन् । तथ्यांकअनुसार २३ लाख ९३ हजार ५४९ जना (८.२१ प्रतिशत)ले बौद्ध धर्म मान्ने रहेका छन् ।

त्यस्तै, ५.०९ प्रतिशतले इस्लाम, ३.१७ प्रतिशतले किराँत र १.७६ प्रतिशतले क्रिष्टियन धर्म मान्ने गरेको राष्ट्रिय तथ्याङ्क कार्यालयको अन्तिम नतिजाले देखाएको छ ।

२०६८ को जनगणनाअनुसार नेपालमा ८१.३ प्रतिशत हिन्दु थिए भने ९ प्रतिशत बौद्ध धर्म मान्नेहरू थिए ।

जनगणनाअनुसार जातजाति, भाषा तथा धर्मसँग सम्बन्धित यी तथ्याङ्क उत्तरदाताहरूले दिएका जवाफका आधारमा र विज्ञसमूहको सिफारिस अनुसार राष्ट्रिय जनगणना २०७८ मा जातजातिको संख्या १४२, मातृभाषा संख्या १२४ र धर्म संख्या १० कायम भएको कार्यालयले जनाएको छ ।

२०६८ को जनगणना अनुसारका कुल १२५ जातजातिमा १७ वटा जातजाति थप भएको छ । २०६८ अनुसारको कुल १२३ वटा मातृभाषा मध्ये १२ वटा विदेशी भाषा बोल्ने व्यक्तिहरूको संख्या न्यून भएकोले ‘अन्य भाषा’ अन्तर्गत समावेश गरी हाल नयाँ थप भएका १३ वटा समेत गर्दा जम्मा १२४ वटा मातृभाषा कायम भएको कार्यालयले जनाएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयमा जातजाति, भाषा र धर्म सम्बन्धमा सरोकारवाला विभिन्न व्यक्ति तथा संस्थाहरूबाट करिब ७० वटा माग र ध्यानाकर्षण पत्र दर्ता भएको र यस सन्दर्भमा विज्ञ तथा संवैधानिक आयोगका सम्बन्धित कर्मचारीहरूको सहभागितामा परामर्श गरिएको र विभिन्न व्यक्ति तथा संस्थाहरूसँग छलफल गरिएको कार्यालयले जनाएको छ ।

२०६८ सालको जनगणनामा प्रकाशित भएका जातजाति र भाषाका अतिरिक्त २०७८ मा उल्लेख भई आएका थप नयाँ जातजाति र भाषाहरूको सन्दर्भमा त्यसलाई अन्तिम रूप दिन विज्ञहरूबाट प्रासङ्गिक कागजातहरू अध्ययन गरी वर्गीकरण गरिएको कार्यालयले जनाएको छ ।

जातजाति, भाषा र धर्मसम्बन्धमा नतिजा प्रकाशनको पहिलो चरणमा स्थानीय तहसम्मको लिङ्ग अनुसारको जनसङ्ख्या सार्वजनिक गरिएको छ ।