२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागरिकता वितरणमा एकरूपता कायम गर्नेबारे सिडिओहरुसँग गृह सचिवको छलफल

अ+ अ-

काठमाडौँ । गृह सचिव दिनेश भट्टराईले नागरिकता वितरणमा एकरूपता कायम गर्नेबारे प्रमुख जिल्ला अधिकारीहरूसँग छलफल गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेसँगै गृह सचिव भट्टराईले नागरिकता वितरणका क्रममा उत्पन्न केही द्विविधा र देशैभर एकरूपता कायम गर्नेबारे उपत्यकालगायत तराईका प्रमुख जिल्ला अधिकारीसँग भर्चुअल छलफल गरेका हुन् ।

आइतबारदेखि प्रमाणीकरण भएको विधेयकका आधारमा जन्मसिद्धका सन्तानलाई वंशजको आधारमा, एकल आमाको नामबाट तथा एनआरएनको नेपाली नागरिकतालगायत केही विषयमा द्विविधा देखिएसँगै त्यसलाई स्पष्ट पार्न छलफल भएको मन्त्रालयले जनाएको छ ।

छलफलका क्रममा अधिकांश प्रमुख जिल्ला अधिकारीहरूले चेकलिष्ट बनाउँदा एकरूपता कायम गर्न सहज हुने र व्यवस्थापनमा आउन सक्ने कठिनाइमा पनि मन्त्रालयबाट सहजीकरणको अपेक्षा गरेका थिए ।

सिडियोहरुसँगको छलफल पछि गृह सचिव भट्टराईले नीतिगतदेखि जनशक्ति तथा आवश्यक अन्य व्यवस्थापनमा मन्त्रालयले सहयोग गर्ने बताएका छन् । कतिपय तोकिए बमोजिम भनिएको अवस्थामा नियमावलीले तोक्नु पर्ने भएकोले सोका लागिसमेत निर्देशन भएको छ । नियमावलीका लागि एउटा टिम बनाउन निर्देशन दिएको र त्यसले त्यसले काम शुरु गर्ने गृह सचिव भट्टराईले बताए ।

कानुनमा स्पष्ट उल्लेख भएको विषयमा थप परिपत्र आवश्यक नरहेकोले सोही अनुसार सहज रूपमा अघि बढ्नसमेत प्रजिअहरुलाई निर्देशन दिएका गृह सचिव भट्टराईले नागरिकता वितरणका क्रममा आई पर्ने हरेक समस्याहरूको सहजीकरणको लागि मन्त्रालय तयार रहेको समेत बताएका छन् ।

‘सिडिओ सापहरूले चेकलिष्ट भन्नुभएको छ, त्यसको गृहकार्यका लागि आजैदेखि काम शुरु गराई सकेको छु’ गृह सचिव भट्टराईले प्रशासनसँग भने, ‘जसले कामलाई सहज बनाउनुका साथै एकरूपता कायम गर्ने छ ।’

आजै मात्र सर्वोच्च अदालतले राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेशसमेत भएको छ ।

सम्बन्धित समाचार : नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश