२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वातावरण संरक्षणमा सूचना प्रविधि क्षेत्रको भूमिका बढाऔँ : मन्त्री शर्मा

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वातावरण संरक्षणका लागि व्यापक सचेतना र जागरणमूलक अभियान सञ्चालनमा जोड दिएकी छन् ।

विश्व वातावरण दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले वातावरण संरक्षणमा सञ्चार तथा सूचना प्रविधि क्षेत्रको भूमिका बढाउनुपर्ने आवश्यकता पनि औँल्याइन् ।

‘विश्वव्यापीरुपमा बढ्दै गएको वातावरण प्रदूषणको चुनौती, वातावरणसम्बन्धी सचेतना र जागरण निकै महत्त्वपूर्ण पक्ष हो, यसका लागि आमसञ्चार क्षेत्रलगायत सबैको प्रभावकारी भूमिका आवश्यक छ’, शुभकामना सन्देशमा भनिएको छ, ‘वातावरण संरक्षणलाई निरन्तर सचेतनामूलक अभियानका रूपमा अघि बढाउन र यसमा सञ्चार तथा सूचना प्रविधि क्षेत्रको अत्यधिक परिचालनमा जोड दिन पनि म सबै पक्षसँग आह्वान गर्दछु ।’

यसवर्ष विश्वव्यापी रूपमा प्लास्टिकजन्य प्रदूषण निर्मूलको सन्देशसहित वातावरण दिवस मनाइँदै गर्दा यसको प्रयोगका कारण नेपालसहित विश्वव्यापीरुपमा ठूलो समस्याको रूपमा देखिँदै आएको उनले उल्लेख गरेकी छन् ।

‘प्लास्टिकजन्य प्रदूषण कम गर्न यसको प्रयोग घटाउने, पुनः प्रयोग गर्ने, अस्वीकार गर्ने, हटाउने, पुनः उत्पादन गर्नेलगायत विभिन्न विधि प्रयोग हुँदै आएका छन्’, सन्देशमा भनिएको छ, ‘मुख्य कुरा आम नागरिकले प्लास्टिकजन्य वस्तु प्रयोगको लत कम गर्नुपर्ने आवश्यकता छ । यसका लागि प्लास्टिकजन्य वस्तुको प्रयोगबाट हुने हानी र त्यसबाट बच्ने उपायसम्बन्धी व्यापक जनचेतना जागृत गर्नुपर्ने आवश्यकता छ ।’

नेपालको संविधानले स्वच्छ वातावरणको हकलाई मौलिक हककै रूपमा स्थापित गरेकाले प्रत्येक व्यक्तिको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट पारिन् ।

वातावरण संरक्षणका लागि सरकारले विद्यालयस्तरमा पाठ्यपुस्तक र सञ्चार माध्यमबाट चेतनामूलक सामग्री प्रचारप्रसार आदिमा जोड दिँदै आएको स्मरण गराउँदै मन्त्री शर्माले सबै तहका सरकार, गैरसरकारी तथा निजी क्षेत्र र समुदायस्तरमा पनि वातावरणसम्बन्धी जनचेतना वृद्धिका कार्यक्रम आवश्यक रहेको बताइन् ।