७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नक्कली भूटानी शरणार्थी प्रकरण : आजदेखि अभियुक्तका पक्षबाट कानुन व्यवसायीले बहस गर्ने

अ+ अ-

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि अभियुक्तहरूतर्फका कानुन व्यवसायीहरूले बहस गर्ने भएका छन् । सरकारी वकिल र जाहेरवालाको तर्फबाट मंगलबार बहस सकिएसँगै अभियुक्तहरूतर्फको आज बहस हुन लागेको हो ।

गत आइतबारदेखि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस भइरहेको छ । आजदेखि हुने बहसमा अभियुक्तहरूको बयान लिइएको क्रमका आधारमा हुने छ ।

न्यायाधीश न्यौपानेका अनुसार बयान लिँदाको क्रमका आधारमा आज सुरुमा केशव दुलालका कानुन व्यवसायीले बहस गर्ने छन् । त्यसपछि सानु भण्डारीका कानुन व्यवसायीले बहस गर्ने छन् ।

न्यायाधीश न्यौपानेले अर्को मंगलबारसम्म अभियुक्तहरूका कानुन व्यवसायीको बहसका लागि समय तोकेका छन् । आगामी बुधबार सरकारी वकिलको तर्फबाट सहन्यायाधिवक्ता अच्युत न्यौपानेले जवाफी बहस गर्ने छन् । सोही दिन बहस सकिए अदालतबाट थुनछेक आदेश हुने छ ।

थुनछेक आदेशमा इजलासले अभियुक्तहरूलाई पुर्पक्षका लागि थुनामा राख्ने, धरौटी लिने वा तारेखमा छाड्नेमध्ये एक आदेश गर्ने छ ।

नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १८ जनाको थुनछेक भइरहेको हो। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले पक्राउ परेका १८ जनासहित ३० जनालाई सङ्गठित अपराध, कीर्ते, ठगी तथा राज्य विरुद्धको आरोप गरी चार वटा मुद्दा लगाउँदै २७ करोड ५० लाख बिगो माग दाबीसहित जिल्ला अदालत काठमाडौँमा यही जेठ १० गते मुद्दा दायर गरिएको थियो।

प्रतिक्रिया दिनुहोस