२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्सेमा ७.२७ अङ्कको वृद्धि

अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव २७ अङ्कले उकालो लागेर एक हजार नौ सय ३९ दशमलव ६१ मा पुगेको छ ।

ठुला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव शून्य पाँच अङ्कले ओरालो लागेर तीन सय ६४ दशमलव ४२ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा नौ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ ।

कूल ५९ लाख ६२ हजार ९३ कित्ता शेयर दुई अर्ब ३० करोड ५८ लाख ८८ हजार नौ सय ३१ मूल्यमा कारोबार भयो । नेप्सेका अनुसार कारोबारका आधारमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु १० करोड २६ लाख ८७ हजार सात सय १३ बराबरको शेयर खरिद बिक्री भएका छन् ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको रु नौ करोड ६३ लाख १३ हजार पाँच सय नौ, शिवम् सिमेन्टको आठ करोड ७० लाख १२ हजार नौ सय २९, हिमालयन एभरेस्टको आठ करोड २८ लाख ५३ हजार र नेपाल दूरसञ्चार कम्पनी आठ करोड २२ लाख ३१ हजार एक सय ९१ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार डोल्टी पावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । भूगोल इनर्जी नौ दशमलव ९६, मनकामना स्मार्ट लघुवित्त आठ दशमलव ४८, सानिमा जीआइसी इन्स्योरेन्स सात दशमलव ३८ र हिमालयन एभरेस्ट इन्स्योरेन्सको शेयर मूल्य सात प्रतिशतले बढेको छ ।

त्यस्तै रिभर फल्स पावर छ दशमलव ६४, खप्तड लघुवित्त तीन दशमलव ९४, ग्लोबल आईएमइ ब्यालेन्स फण्ड पहिलो तीन दशमलव ८९, सिटिजन म्युचुअल फण्ड तीन दशमलव ७७ र श्वेत गङ्गा हाइड्रोपावरको शेयर मूल्य तीन दशमलव ३९ प्रतिशतले घटेको छ ।