काठमाडौँ । न्याय सेवा आयोगले २९ जना जिल्ला न्यायाधीशको माग गरेको छ ।
आयोगको परीक्षा महाशाखाले नेपालको संविधानको २०७२ को धारा १४९ को उपधारा (२) को खण्ड ख र ग बमोजिम जिल्ला न्यायाधीशको पदमा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
आयोगका अनुसार आन्तरिक खुलाबाट १५ जना, खुलामा ७ जना, २ महिला, २ आदिवासी–जनजाति, २ मधेशी र १ दलित गरी २९ जनाको माग गरेको हो ।
दरखास्त दिन सूचना प्रकाशित भएको ३० दिन भित्र र दोब्बर दस्तुर तिरेर थप ७ दिन सम्म दिन सकिने छ।
दरखास्तका लागि २ हजार परीक्षा दस्तुर तोकिएको छ भने समावेशी पदका लागि थप ५ सय तोकिएको छ ।
हेर्नुस् विज्ञापन:
