१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हचुवाको भरमा बोल्दा विदेश सम्बन्ध बिग्रन्छ : परराष्ट्रमन्त्री

अ+ अ-

भक्तपुर । परराष्ट्र मन्त्री एनपी साउदले हचुवाको भरमा टिप्पणी गर्दा देशको विदेश सम्बन्धमा आँच आउने बताएका छन् । छिमेकी मित्रराष्ट्रको विषयमा हल्का टिप्पणी गर्दा सन्तुलन बिग्रने भएकाले त्यसतर्फ सतर्क हुनुपर्ने उनले बताए ।

सहिद राधेश्याम जोन्छेँ स्मृति प्रतिष्ठानले आज भक्तपुरमा आयोजना गरेको ११औँ वार्षिक स्मृतिसभा तथा छात्रवृत्ति एवं प्रमाणपत्र वितरण कार्यक्रममा उनले दुई देशबीचको सम्बन्ध बिगार्ने गरी बोल्न नहुने बताए ।

सरकारले कुनै पनि विदेशी नीतिका बारेमा बोल्दा गहन अध्ययन गरेर स्पष्ट भएर मात्रै बोल्नुपर्ने बताउँदै उनले प्रधानमन्त्रीसहितको टोली भारत भ्रमणमा जाँदा हचुवाको भरमा कुनै पनि विषय नबोलेको स्पष्ट पारे ।

“भारतको संसद्मा हामी गएका छैनौँ । नेपालको भूमि समावेश गरिएको नक्सा राखेको देखेका पनि छैनौँ । त्यस्तो भएको हो भने पनि नेपाली दूतावासले त्यसबारेमा आधिकारिक रूपमा जानकारी दिनुपर्‍यो । यसबारेमा कि त भारतले नै भन्नुपर्‍यो, तब मात्र त्यसबारेमा भ्रमणमा एजेन्डा बन्छ,” उनले भने, “हचुवाको भरमा बोल्दा दुई देशबीचको शक्ति सन्तुलन बिग्रन्छ, सम्बन्ध बिगार्न हुँदैन ।”

नक्साका बारेमा भारतले आधिकारिक रूपमा त्यो विषय राजनीतिक होइन भनिसकेको अवस्थामा दुई देशबीचको सम्बन्धमा क्षति पुग्ने गरी कसैले पनि बोल्नु हुँदैन भन्दै उनले नबुझी बोल्ने परम्पराले जिम्मेवार परराष्ट्र नीति अगाडि बढ्न नसक्ने बताए ।

छिमेकी दुई राष्ट्रसँग र शक्ति राष्ट्रहरूसँग सन्तुलित परराष्ट्र नीतिका आधारमा विकासको साझेदारी गर्दै आएको उनले स्मरण गरे । सांसद विकास कोषको पाँच करोडको सन्दर्भमा सांसदलाई चुनाव खर्च उठाउन दिएको भन्ने भ्रममा कोही पनि पर्न नहुने उनको भनाइ थियो ।

“धेरै देशमा सांसद विकास कोष दिने प्रचलन छ । तर त्यो रकम आफूखुसी गर्न र आफूले चाहेको काम गर्न होइन,” मन्त्री साउदले भने, “एक करोडभन्दा कम रकम कुनै पनि योजनामा छुट्याउन पाइँदैन र पाँच करोडले आफ्नो क्षेत्रमा देखिने ठूला आयोजना ठेक्का पद्धतिबाट सम्पन्न गने गरी विकास आयोजना छनोट गर्ने अधिकार सांसदलाई छ ।”

पहुँचमा हुनेले आफ्नो क्षेत्रमा मात्रै बजेट लैजाने र अरु क्षेत्रमा बजेट नजाने सम्भावना रहेकाले देशभरका १६२ क्षेत्रमा सांसद कोषबाट पाँच करोडका दरले रकम जाँदा सबै निर्वाचन क्षेत्रमा सन्तुलित विकासमा सहयोग पुर्‍याउन सांसद विकास कोषको रकम बजेटमा ल्याएको उनले बताए । यो रकम खर्च गर्न सरकारले निर्देशिका जारी गरेर परिचालन गर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस