२४ कार्तिक २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देउसी भैलो गाउँदै रविको वाचा : ‘जान्नेले नजान्नेलाई सिकाउने, पाँच वर्ष यही सरकार टिकाउने’

अ अ+ अ-

 काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देउसी भैलो गाउँदै वर्तमान सरकार पाँच वर्षसम्म टिकाउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

हिजो राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल, उपत्यका समितिले आयोजना गरेको सद्भाव देउसी–भैलो कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूलाई आफ्नै निवासमा स्वागत गर्दै लामिछानेले देउसीको भाकामै सरकार पाँच वर्ष टिकाउने वाचा गरेको हो।

कार्यक्रममा उनले भने,  ‘जान्नेले नजान्नेलाई सिकाउने, पाँच वर्ष यही सरकार टिकाउने।’ 

देशमा पुनः आन्दोलन हुन सक्ने चर्चा भइरहेका बेला लामिछानेले देउसीकै भाकामा त्यसको जवाफसमेत दिए। उनले भने, ‘देशले अब आन्दोलन धान्दैन, परि आए यी खुट्टा चाही  काम्दैनन्।’ 

देउसी–भैलो कार्यक्रममा सभापति लामिछानेसँगै उनकी पत्नी निकिता लामिछानेसहित परिवारका अन्य सदस्यहरूको पनि सहभागिता थियो। सो अवसरमा उनले देशभरका सञ्चारकर्मी तथा कलाकारहरूलाई तिहार र छठ पर्वको शुभकामना व्यक्त गरे । 

सञ्चारकर्मी तथा कलाकारहरूसँगको सम्बन्धलाई स्मरण गर्दै लामिछानेले आफूहरूले सँगसँगै यात्रा सुरु गरेको बताए। उनले भने,  ‘तपाईंहरूलाई हाम्रो यो यात्राको सहयात्रीका रूपमा देखेको छु। हामी राजनीतिमा स्थापित हुने बेलामा तपाईंहरू पनि सञ्चारकर्ममा स्थापित हुँदै हुनुहुन्थ्यो। कताकता यो यात्रामा मसँगै कलाकारहरू पनि हुनुहुन्थ्यो। यात्रा सहज छैन, तर सँगै गरेको यो यात्रामा हामी सबै सँगै साक्षी छौँ।’ 

लामिछानेले देउसी–भैलो कार्यक्रममार्फत संसारभरि तिहार तथा छठ पर्व मनाइरहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना पनि व्यक्त गरे । 

0 Comments