२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नमुना सदरमुकाम निर्माण गर्न अलमल

अ+ अ-

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरको नमूना सदरमुकाम निर्माणको काम सुरू गर्ने विषयमा अन्योलता बढ्दै गएको छ।

जिल्लाको सदरमुकाम कावासोतीमा रहेको एक सय ८७ बिघा जग्गामा सङ्घ र प्रदेश मातहतका जिल्लामा रहने सबै कार्यालय एकै स्थानमा निर्माण गर्ने गरी अघि बढाइएको योजना सुरू गर्ने विषयमा नै अहिले अन्योलता सिर्जना भएको छ। काम कहाँ कसरी सुरू गर्ने भन्ने विषयमा नै अहिले अलमल भएको छ।

विसं २०७६ वैशाख ७ गते नमूना सदरमुकाम निर्माणको योजना अघि बढेको थियो। करिब १६ अर्ब रूपैयाँ लागतमा नमूना सदरमुकाम निर्माण गर्ने योजना रहेको थियो तर भवन निर्माण कुन ढङ्गबाट अघि बढाउने अझै अन्योलता रहेको जनाइएको छ।

सुरूमा एकीकृतरूपमा सबै कार्यालयको सेवा एकै स्थानबाट दिने गरी भवन बनाउने योजना रहेको थियो। पछि उस्तै प्रकारका सेवाका प्रकृति भएका दुई कार्यालय जोडेर भवनको डिजाइन तयार पारिएको थियो।

सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय चितवनले सोहीअनुसार काम अघि बढाउने योजना बनाएको भए पनि बहुवर्षीय कायम गर्ने विषय अर्थ मन्त्रालयबाट निर्णय नहुँदा काम कसरी बढाउने भन्ने नै अन्योलता सिर्जना भएको कार्यालय प्रमुख झपटबहादुर थापाले जानकारी दिए।

उनका अनुसार तीन अर्ब ६८ करोड रूपैयाँको काम गर्ने गरी बहुवर्षीयका रूपमा अघि बढाउन तयारी गरिएकामा केन्द्रबाट बहुवर्षीयका लागि स्वीकृत नहुँदा के गर्ने भन्ने अन्योल सिर्जना भएको बताए।

एकै वर्षमा निर्माणको काम सम्पन्न गर्न नसकिने हुनाले आफूहरूले बहुवर्षीय योजनामा राख्नका लागि आवश्यक प्रक्रिया अघि बढाएको उनको भनाइ थियो।

‘हामी तयारीमै थियौं, बहुवर्षीयका लगि काम अघि बढाउने योजना थियो, तर बहुवर्षीयका लागि स्वीकृत नहुँदा के कसरी अघि बढ्ने अन्योल छ’, कार्यालय प्रमुख थापाले भने, ‘ठूलोरूपमा काम अघि बढाउने भन्दा, सानो रकम पनि हराउँला भन्ने डर भइसक्यो।’

नमुना सदरमुकाम निर्माणस्थलमा सङ्घ मातहतका १६, प्रदेश मातहतका ११ कार्यालय निर्माण गर्ने गरी प्रारम्भिक गुरूयोजना तयार पारिएको थियो। साथै पुस्तकालय, सभाहल, बैंक, अतिथिगृह, आवासगृह, रङ्गशाला, सूचना केन्द्र, प्रहरी तालिम केन्द्र, पार्कलगायतका संरचनासमेत निर्माण गर्ने योजना रहेको छ।

यी संरचना निर्माणका लागि चार वर्ष पहिले योजना अघि सारिएको थियो। तर निर्माणस्थलमा कच्ची बाटो बनाउने कामबाहेक हालसम्म कुनै कार्य अघि बढ्न सकेको छैन।