२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेथानचोकमा ‘निःशुल्क अनिवार्य शिक्षा’ कार्यक्रम

अ+ अ-

काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा निःशुल्क अनिवार्य शिक्षा कार्यक्रम लागू गरिएको छ । विद्यालय भर्ना नभएका, अपाङ्गता भएका, अभिभावकविहीन, गरिबी वा अन्य कुनै कारण हालसम्म विद्यालय नपुगेका बालबालिकालाई विद्यालयसम्म ल्याउने गाउँपालिकाले नीति लिँदै उक्त कार्यक्रम लागू गरेको हो । कार्यक्रमले चार वर्ष पूरा भई १३ वर्ष ननाघेका बालबालिकाका समेटेको छ । यसका लागि गाउँपालिकाले छ वटै वडामा निःशुल्क अनिवार्य शिक्षा कार्यक्रम कार्यान्वयन भएको घोषणा गरिसकेको छ । सबै वडा अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा भइसकेकाले अब गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गाउँपालिका घोषणा गरिने तयारी भएको गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले बताए ।

उनका अनुसार अपाङ्गता तथा गरिबीको रेखामुनि रहेका बालबालिकाको सङ्ख्याको आधारमा बजेट विनियोजन गर्ने, पोसाक, झोला, जुत्ता, पुस्तक, कापी–कलम आदि उपलब्ध गराइने छ ।

अधिकारीका अनुसार यसका लागि निःशुल्क अनिवार्य शिक्षा दिइएकाको समेत लिस्ट बनाइने छ । “कुनै पनि कारण आफ्ना बालबालिकालाई विद्यालय नपठाउने अभिभावकलाई पनि विद्यालय पठाउन सहयोग एवं प्रोत्साहन कार्यक्रम अघि सारिने छ, यति गर्दा पनि अटेर गरे गाउँपालिकाबाट प्रदान गरिने सेवा–सुविधालाई रोक्का गरी बालबालिकालाई विद्यालय पठाए पछि मात्र सेवालाई निरन्तरता दिइने बाध्यकारी नीति बनाउने छौँ”, उनले भने। कुनै पनि नीति अपनाएर भए पनि विद्यालय बाहिरका बालकालकालाई विद्यालयमा ल्याइ गाउँपालिकामा निःशुल्क अनिवार्य शिक्षा कार्यक्रमलाई लागू गराएरै छाड्ने उनले बताए ।

कार्यक्रम सञ्चालनार्थ प्रारम्भिक चरणमा सूचना प्रवाह गरिएको थियो भने शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति तथा सामुदायिक सिकाइ केन्द्रलाई प्रभावकारी ढङ्गले परिचालन गर्दै सूचक बनाएर टोली नै खटाइएको हो । यस्तै वडास्तरमा जनप्रतिनिधि(वडासदस्य) लाईसमेत परिचालन गरिएको छ भने त्यसको अनुगमन वडा र अन्त्यमा शिक्षा शाखा र गाउँपालिकाले पनि बालबालिकाको खोजपड्ताल गर्ने, तथ्याङ्कबारे ‘क्रस भेरिफाइ’समेत गरी विद्यालय बाहिरका बालबालिकालाई शिक्षण सिकाइमा समावेश गराइने छ ।

शिक्षा शाखा प्रमुख पुष्पा राईले जटिल खालको अपाङ्गताका कारण विद्यालय जान नसकेका विद्यार्थीको हकमा घरमै गएर घुम्ती शिक्षकमार्फत शिक्षा दिइने योजना बनाइएको बताए । नयाँ शैक्षिक सत्र सुरु भएको समयदेखि नयाँ भर्नाका लागि गरिएको घरदैलो कार्यक्रमबाट समेत विभिन्न कारण विद्यालय नपुगेका बालबालिकाको सूक्ष्म ढङ्गले लगत सङ्कलन गरिएको छ । गाउँपालिका तथा वडास्तरका सम्पूर्ण जनप्रतिनिधि एवं स्थानीयको सहभागितामा घरदैलो कार्यक्रम सम्पन्न गरेपश्चात् मौद्रिक र अमौद्रिक सहयोग उपलब्ध गराउने र बालबालिकालाई विद्यालय आउने वातावरण बनाउने गाउँपालिकाले नीति लिएको हो ।

गाउँपालिकाले प्रारम्भिक चरणमा निःशुल्क अनिवार्य शिक्षा कार्यक्रम वडास्तरमा सुरु गर्दै तथा निःशुल्क अनिवार्य शिक्षायुक्त वडा घोषणा गरेको थियो । बेथानचोकमा दश माध्यमिक, तीन आधारभूत र १७ प्राथमिक विद्यालयमा हाल तीन हजार चार सय विद्यार्थी अध्ययनरत छन् ।

उक्त निःशुल्क अनिवार्य शिक्षा कार्यक्रम सङ्घीय सरकारको सामाजिक विकाश मन्त्रालयको कार्यक्रम हो । नेपालको संविधानले शिक्षालाई मौलिक हकको रूपमा राखेका र प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क पाउने प्रावधानअनुरूप नेपाल सरकारले १९ असोज २०७७ मा ‘अनिवार्य र निःशुल्क शिक्षासम्बन्धी नियमावली–२०७७’ लागू गरेको थियो । तेह्र स्थानीय तह रहेको काभ्रेपलाञ्चोकमा यसअघि खानीखोला गाउँपालिकामा यो कार्यक्रम लागू गरिएको छ ।