काठमाडौँ । प्रतिनिधि सभाको बिहान ११ बजेका लागि बोलाइएको बैठकमा शोक प्रस्ताव पारित भएको छ ।
बैठक सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गरी स्थगित भएको थियो ।
मङ्गलवार सडक दुर्घटनामा सिंहको निधन भएको थियो । प्रतिनिधिसभामा आजदेखि नयाँ अभ्यास सुरुआत भएको छ ।
कार्यव्यवस्था समितिको बैठकले प्रदेशका बहालवाला मन्त्रीको निधन हुँदा प्रतिनिधिसभाका बहालवाला सांसद सरह नै सम्मान प्रकट गर्दै सुरुमै शोक प्रस्ताव पारित गर्ने र उक्त बैठक स्थगन गर्ने निर्णय गरेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।







