९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अगाडि बढ्यो केयर रेटिङस् नेपालको इजाजत निलम्बन प्रक्रिया

अ+ अ-

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले केयर रेटिङस् नेपाललाई कारबाही प्रक्रिया अगाडि बढेको बताएको छ । 

२४ पुस २०७९ मा बसेको धितोपत्र बोर्ड सञ्चालक समितिको बैठकले केयर रेटिङस् नेपाललाई इजाजतपत्र निलम्बन किन नगर्ने भनी स्पष्टीकरण सोधेको थियो । त्यसबेला स्पष्टीकरण सोधेर छोडिएको केयर रेटिङ्सले फेरि पनि स्वार्थ बाझिने गरी घोराही सिमेन्ट क्रेडिट रेटिङ गरेपछि इजाजतपत्र निलम्बनको प्रक्रिया सुरु गरेको हो ।

केयर रेटिङस् नेपालले क्रेडिट रेटिङ नियमावली २०६८ को उल्लङ्घन गरी आफ्नो मुख्य सेयरधनी विशाल ग्रुपअन्तर्गतका कम्पनीको रेटिङ गरेपछि बोर्डले २४ पुसमा कम्पनीलाई कारबाही गर्ने निर्णय गर्दै स्पष्टीकरण पेस गर्ने मौका दिएको थियो । बोर्डले सोधेको स्पष्टीकरणमा भनिएको छ, ‘क्रेडिट रेटिङ नियमावली २०६८ विपरीत गरेको रेटिङ किन रद्द नगर्ने तथा केयर रेटिङ नेपालको अनुमतिपत्र किन निलम्बन नगर्ने भनी स्पष्टीकरण पेस गर्न सूचित गरिएको छ ।’

सोही मितिमा धितोपत्र सम्बन्धी ऐन २०६३, दफा १०१ को दफा १०१ (७) अनुसार हदैसम्मको कारबाही किन नगर्ने भनी सफाई पेस गर्न बोर्डले केयर रेटिङस् नेपाललाई भनेको थियो । उक्त स्पष्टीकरण सोधेको साढे ५ महिना हुँदा समेत कारबाही नगरी बोर्डले कम्पनीले गरेको रेटिङलाई स्वीकृति गर्दै अगाडि बढिरहेको थियो । 

घोराही सिमेन्टको आईपीओका लागि भएको रेटिङ स्वार्थ बाँझिने भए पनि बोर्ड सोही रेटिङको आधारमा कम्पनीलाई आईपीओ निष्कासन गर्ने स्वीकृत दिएको विषय विवादित बन्यो । उक्त विषय विवादित बनेपछि भने बोर्डले साढे ५ महिना अगाडि सोधेको स्पष्टीकरणको आधारमा केयर रेटिङ्स नेपाललाई कारबाही गर्ने तयारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस