६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनलाइन र टोकन प्रणाली लागु गर्न कोसी अस्पताल प्रशासनलाई निर्देशन

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले तत्काल अनलाइन र टोकन प्रणाली लागु गर्न कोसी अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् ।

मंगलबार आकस्मिक निरीक्षणका क्रममा विराटनगरस्थित कोसी अस्पताल पुगेका स्वास्थ्य तथा जनसंख्यामन्त्री बस्नेतले ओपिडी र टिकट काउण्टरमा अत्यधिक भिड देखेपछि कोसी अस्पतालको मेडिकल सुपरिण्टेण्डेण्ट डा. रविनराज सिंहलाई सर्वसाधारणहरूलाई सजिलो र सुलभरूपमा स्वास्थ्य सेवा पुर्‍याउन निर्देशन दिएका हुन् ।

निरीक्षणका क्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल, कोसी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. सुधा देवकोटा, न्याम्सका उपकुलपति लगायत मन्त्रालयका उच्च अधिकारीहरू सहभागी थिए ।

मन्त्री बस्नेतले कोसी अस्पतालको विभिन्न वार्डहरूको निरीक्षण गर्नुका साथै अस्पतालको समस्याबारे जानकारी लिएका थिए । यसैबीच राजधानी बाहिर संघीय सरकार अन्तर्गतको विराटनगर स्थित कोसी अस्पतालमा ३३० बेड निःशुल्क गरिएको छ ।

गरिब, असहाय र विपन्न नागरिकहरूको निःशुल्क उपचार गर्ने सरकारको दायित्व भएकाले मंगलबारदेखि आइसियु, एचडीयू र क्याबिन बाहेक ३३० बेड निःशुल्क र उपचार पनि निःशुल्क गरिने स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले घोषणा गरे ।

निःशुल्क उपचारका लागि बिरामीहरूले स्थानीय पालिका र वडा कार्यालयको सिफारिस तथा विपन्न नागरिक भएको परिचय पत्र ल्याउनुपर्ने कोसी अस्पतालले जनाएको छ । निःशुल्क उपचार गर्दा लाग्ने खर्चको भरपाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस