११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्वदलीय सरकारका लागि तयार छौँ : हिक्मत कार्की

अ+ अ-

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वदलीय सरकारका विषयमा छलफल गर्न तयार रहेको बताएका छन् । उनले सर्वदलीय सरकार बनाउँदा पहिले ठूलो दलको हैसियतमा एमालेले सरकारको नेतृत्व गर्न पाउनुपर्ने धारणा राखेका छन् ।

‘सर्वदलीय सरकारका विषयमा उहाँहरू (नेपाली काँग्रेस, माओवादी केन्द्रसहितको गठबन्धन)को (धारणा) के छ मैले बुझ्न पाएको छैन, म त्यसका लागि तयार छु,’ कार्कीले भने, ‘त्यसका लागि सबैभन्दा ठूलो दलबाट प्रारम्भ हुनुपर्‍यो, त्यसपछि सबै दलहरू समावेश भएर जाने बन्नुपर्‍यो, त्यसमा म तयार छु ।’

शुक्रबार कोशी प्रदेशसभामा विश्वासको मत नपाएपछि कार्की पदमुक्त भएका छन् र हाल कामचलाउ हैसियतमा छन् । उनी पदमुक्त भए पनि प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरिसकेका छैनन् । प्रदेशसभाको अङ्कगणितका कारण कुनै पनि दललाई बहुमत पुर्‍याउन सहज छैन । कार्कीले आफ्नो सरकारको १०० दिन पुगेको अवसरमा ५ वैशाखमा सर्वदलीय सरकार गठनको प्रस्ताव गरेका थिए । तर उनको प्रस्तावमा अरु दलहरूले रुचि देखाएनन् ।

कार्कीले आफू अझै सर्वदलीय सरकार गठनको लागि तयार रहेको तर काँग्रेस–माओवादीसहितको गठबन्धन एमालेलाई बाहिर राखेर अघि बढ्न खोजेको बताए ।

‘उहाँहरू ठूलो दललाई बाहिर राखेर जान खोजेकाले यसमा उहाँहरूको रुचि अनुसार हुन्छ’, उनले भने, ‘उहाँहरूले आफ्नो रुची अनुसार अगाडि बढाउनुहुन्छ, हामी प्रमुख प्रतिपक्षी भएर बस्न तयार छौँ ।’

प्रतिक्रिया दिनुहोस